एक लाख नाघ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य मंगलबार आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार आठ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ ।