
काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।