
काठमाडौँ । इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका १ शिक्षकलाई अदालतले मृत्युदण्डको सजाय दिएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो ।
तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो ।
त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरूलाई बलात्कार गरेको र ८ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ ।
अदालतले शिक्षक ‘हेरी विरावन’को घटनाले इन्डोनेसियालाई स्तब्ध बनाएको भन्दै देशको धार्मिक स्कूलमा बालबालिकालाई यौन हिंसाबाट जोगाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारेको छ ।