
धरान । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले धरान उपमहानगरपालिकामा प्रमुख पदका लागि ११ जना आकांक्षीको नाम सिफारिस भएको छ । एमाले धरान उपमहानगर कमिटीले प्रमुख पदको उम्मेदवार ११ जना र उपप्रमुख पदमा ६ जना आकांक्षीहरुको नाम सिफारिश गरेको हो ।
आइतबार बसेको उपमहानगर कमिटीको पूर्ण बैठकले प्रमुख पदमा आकांक्षी रहेका ११ जनाको नाम सिफारिश गर्ने निर्णय गरेको एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए ।
धरानको प्रमुखमा सिफारिश हुने उम्मेदवारका आकांक्षीहरुमा मन्जु भन्डारी, मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तिर्थ मास्के छन् ।
मञ्जु भण्डारी केन्द्रीय कमिटी तथा धरानकी उपप्रमुख हुन् भने मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य हुन् ।
यस्तै, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला जिल्ला कमिटी सदस्य हुन् भने तीर्थ मास्के पूर्वजिल्ला कमिटी सदस्य हुन् ।
यसैगरी, उपप्रमुखमा आकांक्षी शुसिला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम पनि सिफारिश भएको छ ।
पहाडी र जिमी प्रदेश कमिटी सदस्य हुन् भने पदम इस्वो, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई जिल्ला कमिटी सदस्य हुन् । उपमहानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिश गरेको हो ।
जिल्ला कमिटीबाट प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिश हुनेछ । जिल्ला र प्रदेश कमिटीले आवश्यकताको आधारमा नाम काटछाँट गर्न सक्नेछ ।