
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसाएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले मुद्दा मामिला गरी परामादेशबाट आएको गठबन्धनको सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको आरोप लगाएका हुन् ।
उनले पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन, गन्तव्य र लक्ष्य नभएको समेत आरोप लगाए । उनले भने, ‘तर पनि उनीहरूकै ठूलो स्वर छ, ‘गठबन्धन गरेर एमालेलाई हराउँछौँ’ ।’
महासचिव पोखरेलले भूकम्पले थिलथिलो बनाएको देशलाई एमालेले उठाएर जनताका मुर्झाएका सपना जगाएको दाबी गरेका छन् । उनले भनेका छन्, नेकपा (एमाले) ले भूकम्पले थिलथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो ।
विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो । स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भूभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो ।’