
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वैशाख १३ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले स्थानीयमा जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू। १०० अंकित मूल्यका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते,अर्चलबोट, श्रीभञ्ज्ङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) गा.वि.स लागि आईपीओ निष्कासन गरेको हो ।
स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म यो आईपीओ विक्रीमा रहनेछ ।
आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसीशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना विकास बैंक, बेसीशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसीशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसीशहर शाखा, लमजुङबाट आवेदन दिन सकिने व्यवस्था छ ।
यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।