१२ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका ४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् ।

बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।