
महेश सिंह – सिरहाको लहान मालपोत कार्यालयले लिखत पारितको शतवार्षिकी कार्यक्रम मनाएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, भूमि व्यवस्थापन अभिलेख विभागअन्तर्गत पर्ने मालपोत कार्यालय लहानले बृहत् रूपमा कार्यक्रम सम्पन्न गरेको हो ।
प्रमुख अतिथि रेवति रमण शर्माका अनुसार नेपाल सरकारले २०७९ बैशाख १ गते बाट अन्लाइन माध्यमबाट सरकारको स्वामित्वमा र कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गाको अभिलेख अन्लाईनको मध्यमबाट अभिलेख राखनको लागी नयाँ माध्यमबाट लागु गरेका छन।
ताकि सेवा ग्राही र कार्यालय लाई काम गर्न सहजताको उदेश्यले नेपाल सरकारले सेवा दिन थालेका शर्माले बताए।