
धनुषामा गाडीको ठक्करबाट गएराति ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल आउँदै गरेका वरिष्ठ हवल्दार पराजुलीलाई ईलाका प्रहरी कार्यालयकै अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।