हेटौंडामा खोलामा डुबेर एक जनाको मृत्यु

 हेटौंडामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर हेटौंडा १७, राईटोलका ५१ वर्षीय पूर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए।