
काठमाडौं । नेप्सेमा सामान्य अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन ८४ दशमलव नौ अंकले घटेको नेप्से आज ९बुधबार० भने आठ दशमलव ९० अंकले बढेर २२ सय ७४ दशमलव ४२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले बढेर चार सय ४१ दशमलव नौ अंकमा पुगेको छ ।
दुई सय २७ कम्पनीको २७ सय ५७ पटकको कारोबारमा ३१ लाख ५६ हजार नौ सय १३ कित्ता सेयर खरिद(बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब ३२ करोड ६३ लाख २० हजार तीन सय ४६ रुपैयाँ पुगेको छ ।आज १३ समूहको कारोबार भएकामा पाँच समूहको सूचक घटेर आठ समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ६६ अंकले बढेर १५ सय ५६ दशमलव ८५ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ५५ दशमलव ५५ अंकले बढेर तीन हजार नौ सय ७१ दशमलव ७३ अंकमा चढेको छ ।
जलविद्युत् समूहको सूचक ५३ दशमलव ३१ अंकले बढेर २६ सय १२ दशमलव १३ अंकमा पुग्दा फाइनान्स, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।निर्जीवन बिमा समूहको सूचक भने आज ४० दशमलव ७६ अंकले घटेर नौ हजार आठ सय ३१ दशमलव २४ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि ९८ दशमलव ९१ अंकले घटेर ११ हजार दुई सय ६ दशमलव १८ अंकमा पुगेको छ । यसैगरी ट्रेडिङ, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि क्रमशः घटेका छन् ।
नेप्सेमा आज राधी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव दुई प्रतिशतले बढेर ६ सय ५२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर एक हजार एक रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय २१ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ३८ लाख ३० हजार आठ सय ५७ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।