गुल्मीमा रुखबाट लडेर पत्रकार पोखरेलको मृत्यु

रुपन्देही । पश्मिनवलपरासीका पत्रकार राजु पोखरेलको रुखबाट लडेर मृत्यु भएको छ ।

मंगलबार गुल्मीस्थित घरमा रुखमा घाँस झार्ने क्रममा लडेर मृत्यु भएको हो । ३४ वर्षीय पोखरेल परिवारजन भेट गर्नका लागि ५ दिनअघि मात्र धुर्कोट गाउँपालिका-४ जैसीथोक रौताडीमा रहेको घरमा गएका थिए । रुखबाट लडेर गम्भीर घाइते पोखरेलको तम्घासस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।पोखरेल नवलपरासीको बर्दघाटस्थित दौंतरी एमफमका स्टेशन म्यानेजर थिए । साथै प्रेस सेन्टर नेपाल नवलपरासीपश्चिमका जिल्ला अध्यक्ष हुन् ।

पत्रकार पोखरेलका तीन भाइ, चार दिदी, बाबु-आमा, पत्नी र ७ वर्षीया छोरी छन् ।