साउदी अरबको शक्ति बढाउनका लागि युवराजले गरे महत्वपूर्ण घोषणा

युवराज मोहम्मद बिन सलमानले विश्वव्यापी र स्थानीय स्तरमा साउदी अरबको प्रभाव विस्तार गर्ने उद्देश्यले अनुसन्धान(विकास र नवीनताको क्षेत्रका लागि नयाँ प्राथमिकताहरू घोषणा गरेका छन् ।साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिएको हो ।दुई दशकका लागि तय गरिएका यी प्राथमिकताको भिजन २०३० अनुरुप बनाइएका छन्, जसमा देशलाई स्वास्थ्य, वातावरणीय दिगोपना, ऊर्जा र उद्योगमा अग्रस्थानमा लैजाने र भविष्यका उदीयमान अर्थतन्त्रहरूमा लगानी गर्ने समावेश छ ।यी लक्ष्यहरू हासिल गर्न, अनुसन्धान, विकास र नवप्रवर्तन क्षेत्रहरूको पुनर्गठन गरिएको छ र युवराजको अगुवाईमा एक उच्च समिति पनि बनाइएको छ ।

यो समितिले लक्ष्यलाई निगरानी र बजेट विनियोजनको अनुगमनका साथै यससँग सम्बन्धित कानुन र मापदण्ड पनि तय गर्नेछ ।यसबाट विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा हजारौं रोजगारीको अवसरको अपेक्षा गरिएको छ ।साउदी अरबले आफ्नो ठूलो ऊर्जा भण्डार प्रयोग गरेर विश्वव्यापी प्रवेश जारी राख्न चाहन्छ । यसका लागि यो देश सौर्य, वायुलगायतका वैकल्पिक ऊर्जाका नयाँ प्रविधिमा पनि काम गर्न इच्छुक छ ।डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धन गर्न र विश्वभरी नविन औषधि प्रविधि प्रदान गर्नुका साथै साउदी अरबले पानीको अभाव र खाद्य सुरक्षा सुधार गर्ने प्रमुख चुनौतीहरूको सामना गरिरहेको छ ।