
काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातमा कर लगाउने भएको छ । तर यसबारे नेपाल आयल निगमलाई भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतले पेट्रोलियम पदार्थ निर्यातमा कर लगाएको विषयमा कुनै जानकारी नभएको बताए ।इकोनोमिक टाइम्सका अनुसार भारतले पेट्रोलमा प्रतिलिटर भारु ६ र डिजेलमा प्रतिलिटर भारु १३ निर्यात कर लगाउने उल्लेख गरेको छ ।
नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । जसले गर्दा भारतले निर्यात कर लगाउँदा नेपाललाई असर पर्ने देखिन्छ ।भारतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आन्तरिक मूल्यलाई मिलाउन कर लगाउने निर्णय गरेको हो ।