एनआईसी एशिया बैंकमा चोरी

काठमाडौं। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा रहेको एनआईसी एशिया बैंकमा शनिबार राति चोरी भएको छ।बैंकको पछाडि रहेको झ्याल फोडेर चोरी गरिएको शाखा प्रमुख रोशन रायले जानकारी दिए। बैंक म्यानेजर रायका अनुसार आज बिहान बैंकको ब्रान्डाको बत्ती नबलेको देखेर सुरक्षा गार्डले आइतबार बिहान मात्रै थाहा पाएका थिए।

चोरी घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराइएको छ। बैंकभित्र रहेको जिन्सी सामानहरु चोरी भएको र बैंकको भित्र लकर तोड्न प्रयास गरिएको छ।बैंकमा चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।