
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको आलोचना भएको छ । उनकै गृहजिल्ला झापाका नेता समेत रहेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीले शर्माका कारण झापा कांग्रेसमा द्वन्द्व बढेको बताएका छन् ।
बुधवारको बैठकमा बोल्दै केन्द्रीय सदस्य बुढाथोकीले पदाकिारीले गुटगत बैठक गर्ने र आफ्नो जिल्लामा खेल्न खोज्दा समस्या भएको बताए । उने पार्टीलाई मिलाएर लैजाने कुरामा पदाधिकारी जिम्मेवार हुनुपर्ने बताए ।
बुढाथोकीले भने– महामन्त्री विश्वप्रकाश शर्माजीले जिल्ला मिलाउनुपर्छ । हामीले दिएको टिकट उहाँले खोसिदिनुभयो । उहाँलाई हामीले हिरो भन्यौँ तर उहाँकै कारण झापामा पार्टीमा द्वन्द्व छ । उहाँले पहिले यसलाई मिलाउनुपर्छ ।मेची नगरपालिकाको मेयरमा विश्वप्रकाशले टिकट खोसेका कारण चुनाव हारेको उनको आरोप छ ।