त्रिभुवन विश्वबिधालयका परिक्षा नियन्त्रक सुचना लुकाउदा २० हजार जरिवाना

आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन् । राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको हो ।

रौतहटका राजीव दासले सूचनाको हक प्रयोग गरी निवेदन दिँदा पनिकाले अटेरी गरेपछि आयोगमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आयोगले मङ्गलबार जरिवानाको फैसला गरेको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिए ।

दासले निवदेन दिएपछि आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुखका नाममा पटक–पटक लिखित जवाफ मागेको थियो । साथै सूचना उपलब्ध गराउन आदेश पनि दिएको थियो । तर पनि पनिकाले सूचना मागकर्तालाई सूचना उपलब्ध नगराएको गुरुङले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।