दक्षिण कोरियामा एकैदिन ८५ हजार बढी कोभिड–१९ का नयाँ सङ्क्रमित भेटिए

दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  यसैसँगै  यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।

अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ  । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ  । यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ ।  यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि  मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ ।–सिन्ह्वा