एसपिपी निर्णय र त्यसको कार्यान्वयन सम्बन्धमा परराष्ट्र मन्त्री खड्काले संसदमा जवाफ दिने

काठमाण्डौं।  चौतर्फी विरोध भएपछि अन्ततः एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा परराष्ट्र मन्त्री नारायण खड्काले आज संसदमा जवाफ दिने भएका छन्। यसअघि साउन ५ गते बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए।

मन्त्रिपरिषद बैठकले एसपिपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भए पनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन।

सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए। एमालेका सांसद भीम रावलले पनि एसपिपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखले रूलिङ गर्नुपर्ने माग राखेका थिए।