जापान भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमण सकेर स्वदेश फर्किएका छन्।

उनी ५ दिने जापान भ्रमण सकेर बुधबार दिउँसो स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा माओवादी नेताहरुले स्वागत गरे।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित जापान पुगेका प्रचण्डले पहिलो दिन फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए।

अर्को दिन हिरोसिमाको भ्रमण गरेका प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्तालगायतका कार्यक्रममा सहभागी भएका थिए।