
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनमा सय सिट दाबी गरेको छ । गठबन्धनले बनाएको कार्यदलमा गठबन्धनमा आबद्ध सबै दलले आ–आफ्नो दाबी प्रस्तुत गर्नेछन् ।
अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल भएको छैन । यद्यपि कांग्रेस र नेकपा एसले भने आफ्नो दाबी प्रस्तुत गरेका छन् । नेकपा एसले २५ प्रतिशतको दाबी गरेको छ । तर बैठकमा भने दुबै दलले आधिकारीक रुपमै भने प्रस्ताब राखेका छैनन् । सम्भबत आज दलहरुले आफ्नो दाबी प्रस्तुत गर्नेछन् ।
श्रोतका अनुसार कांग्रेसका दाबी सय सिटमा भएपनि ९० सम्म झर्ने भित्री योजना छ । उसको बटमलाई न ९० हो । त्यस्तै २५ प्रतिशतको कुरा गर्ने तयारी गरेको एसको २० प्रतिशत हो । यो बटमलाईनबाट तल नझर्ने एसको पनि भित्री योजना छ । तर गठबन्धनका अन्य दलहरुले भने आफ्नो सिट दाबीलाई अहिले बाहिर ल्याएका छैनन् ।
सरकारले आउँदो मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेलगत्तै गठबन्धनभित्र चुनावी तालमेल गर्ने लिखित सहमतिअनुसार अहिले गठबन्धनको कार्यदलले आन्तरिक गृहकार्य गरिरहेको छ। सम्भबत आज सिट बाँडफाडको विषयमा छलफल हुनेछ । तर कार्यदललाई पार्टीका शिर्ष नेताले पराजय भोगेका क्षेत्रमा सिटबाँडफाडमा भने समस्या हुने देखिएको छ ।
सो कार्यदलको नेतृत्व कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गरेका छन्। ११ सदस्यीय कार्यदलमा गठबन्धनमा आबद्ध सबै दलहरूबाट प्रतिनिधित्व छ । कार्यदलको पहिलो बैठक गएको सोमबार बसेको थियो ।