
इलाम । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रतिनिधि सभा निर्वाचनमा इलाम १ बाट नै उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आज गृहजिल्ला इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो घोषणा गर्नु भएको छ ।
साथै उहाँले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेलका लागि केन्द्रमा छलफल भइरहेको बताउँदै तालमेलका विषयमा दलहरूले आ–आफ्ना प्रस्ताव राखिरहेको बताउनुभयो ।
तालमेलमा स्थानीय तह निर्वाचनको मतलाई आधार मान्नु व्यावहारिक नहुने उहाँको भनाइ छ । स्थानीय निर्वाचनलाई भन्दा २०७४ सालकै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई आधार मान्नुु व्यवहारिक हुने नेता खनालको भनाई छ ।