
काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे भ्रमणका लागि नेपाल आउने भएका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यम विओअनका अनुसार पाण्डे आगामी सेप्टेम्बर ४ गते देखि ८ सम्म नेपाल भ्रमणमा रहने छन् ।
गत अप्रिल ३० मा सेना प्रमुख नियुक्त भएसँगै यो पाण्डेको पहिलो नेपाल भ्रमण हुने छ । भ्रमणमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।यस्तै गरी मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली सेनाको मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम पनि रहेको छ । दुई देश बिच पहिला देखीनै यस किसिमको मानार्थ उपाधी प्रदान गर्ने चलन रहदै आएको छ ।