संस्कृतिमा राजनीति छिरेर `तिज पर्व ´बन्दैछ विकृति

गौरादह /हिन्दु नारीहरुले मनाउदै आएकाे तिज पर्बमा राजनीति हावी हुदा संस्कारमा बिकृती देखिएकाे छ।घरपरिवारमा दिदीबहिनीहरु भेला भएर रमाइलो सँग मनाइने पर्व पछिल्लो समयमा एक महिना अगाडि देखि संस्थागत रुपमा मनाइदा पर्बमा बिकृती देखिएकाे हाे।

माइती घर भन्दा टाढाटाढा छरिएर रहेका दिदिबहिनीलाई एकैपटक जम्मा गरेर भेटघाटकाे माध्यम बनाई मिठाेमसिनाे खाएर रमाइलो गरि तिज पर्व मनाउने गरिन्थ्यो । पछिल्लो समयमा राजनितीक दलका भातृ संगठनहरुले आफ्नो संगठनमा आस्था राख्ने महिलाहरुलाई बजार तथा चौकमा भेला गरेर नाचगान गर्दै तिज पर्व मनाउन थालेका छन। एक आपसमा भेटघाट गरेर मिठाेमसिनाे खाई रमाइलो सँग पर्व मनाउने भन्दा पनि कस्काे संगठन बलियाे भन्नेमा प्रतिस्पर्धा भएकाे देखिन्छ।

तिज पर्व नजिकिदै जाँदा यश क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपा निकट महिला संगठनहरुले बजार तथा चौकमा तिजका नाममा नाचगान गर्दै मिष्ठान्न परिकार खाएर तिज मनाएका छन। राप्रपा निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन , एमाले निकट अखिल नेपाल महिला संघ र नेपाली कांग्रेस निकट नेपाल महिला संघले छुट्टाछुट्टै रुपमा तिज पर्व मनाएका छन।तिज पर्व मनाउने बाहानमा करिब एक महिना अगाडि देखि याेजना बनाएर भातृ संगठन निकटका महिलाहरु भेला गरेर पर्व मनाउनु भनेकाे राजनीतिक हावी भएकाे स्थानीयकाे बुझाइ छ।

मंसिर ४ गते आउदै गरेकाे संघिय तथा प्रदेश निर्वाचनमा आफ्नो संगठनकाे अवस्था बिचार गर्न दल निकट महिला संगठनहरुले शक्ति प्रदर्शन गरेकाे हुन सक्ने स्थानीयले अनुमान गरेका छन।

केही बर्ष अगाडि देखि सहकारी संस्थाहरुले आफ्नो संस्थामा आबद्ध महिलाहरुलाई भेला गरेर सामुहिक रुपमा नाचगान गरि तिज पर्व मनाउने क्रम चलिरहेकाे छ।घरायसी काममा संधै ब्यस्त रहने महिलाहरुलाई सहकारी संस्थाले आफ्नो संस्थामा आबद्ध रहेका महिला सदस्यहरुलाई बर्षमा एक दिन एकैठाँउमा जम्मा गरि रमाइलो गर्ने वातावरण बनाउन सामुहिक रुपमा तिजपर्ब मनाउने गरेकाे सहकारी संस्थाका प्रमुखहरुकाे भनाइ छ।

चुनाव नजिकिदा राजनीतिक दलका भातृ संगठनहरुले हर्ष उल्लासका साथ महिलाहरुलाई भेला गरेर तिज मनाउनुमा राजनिती गन्ध आएकाे स्थानीयकाे भनाइ छ।संघ संस्था वा दलका भातृ संगठनहरुले सामुहिक रुपमा मनाउने तिज पर्बमा गरिब दुखि महिलाहरुकाे सहभागीता भएकाे देखिदैन।हुनेखानेहरुले लगाएकाे लुगा र गहनाका अगाडि आफुहरुकाे नभएकाले सामुहिक तिज पर्बमा सहभागी हुन नसकेकाे उनिहरुकाे भनाइ छ।

सामुहिक रुपका मनाउने तिजमा रमाइलो गर्ने र मिठाे मसिनाे खाने भन्दा पनि हुनेखाने महिलाहरुले लुगा र गहना प्रदर्शन गर्ने स्थान भएकाे उनिहरुकाे बुझाई छ। तिज पर्ब आउनु भन्दा अगाडि देखि सामुहिक रुपमा तिज पर्व मनाउदा संस्कारमा परिवर्तन हुन सक्ने स्थानीयकाे बुझाई छ।