
काठमाडौं : सरकारले आज (शनिबार)देखि जिल्ला भित्रका सवारी पास रद्द भएको छ ।
लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न जारी गरिएका सबै प्रकारका सवारी पासहरु आजबाट रद्द गर्ने निर्णय गरिएको हो ।
यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो ।
गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ ।
सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् ।
पछिल्लो सयम कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि सरकारले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको थियो । सोही नीति अनुसार सबै प्रकारका पासहरु रद्द गरिएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी बताए ।