दाङका कोरोना संक्रमित व्यक्ति शिक्षण अस्पतालका स्वास्थ्यकर्मी

काठमाडौं : कोरोना संक्रमित देखिएका दाङको तुलसिपुर वडा नम्बर ७– का ३४ वर्षीया पुरुष काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको बुझिएको छ ।

 

बिज्ञापन

उनको परीक्षण काठमाडौंमै भएको भए पनि चैत १८ गते दाङ घर आएर काठमाण्डौ फर्किएको पाइएकोले यस बारे थप अनुसन्धान गरिहेको तुलसीपुर नगरपालिका –७ का वडा अध्यक्ष टोपवहादुर केसीले जानकारी दिए ।

 

वडा अध्यक्ष केसीका अनुसार यस बीचमा संक्रमित स्वास्थ्यकर्मी कहाँ–कहाँ गए भन्ने खुल्न सकेको छ । यसबारे अनुसन्धान शुरु भएको छ ।

 

यता त्रिवि शिक्षण अस्पतालका अधिकारीहरुले भने शिक्षण अस्पतालमा आँखा विभागमा कार्यरत चिकित्सकमा संक्रमण भएको भन्ने समाचारहरुमा आए पनि आधिकारी रुपमा स्पष्ट नभएको र यसबारे बुझ्ने काम भइरहेको बताएका छन् ।

 

यस्तै भारतबाट आएका दाङ गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई जनामा कोरोना सङ्मण पुष्टि भएसँगै उनिहरुसँगको सम्पर्क पहिचान थालिएको छ । भारतको गोरखपुर र मुम्बइबाट आएका ३६ र २३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।