समुदायमा कोरोना देखिएपछि झापाको गौरादह सील

झापा । झापाको गौरादह नगरपालिकामा एक महिलामा कोरोना संक्रमण देखिएपछि गौरादह सिल गरिएको छ ।गौरादह नगरपालिका वार्ड नम्बर १ मा बस्ने ६७ वर्षकी महिलामा कोरोना देखिएपछि उच्च सतर्कता अपनाउदै गौरादह सिल गर्ने निर्णय गरेको गौरादह नगरपालिकाले जनाएको छ ।

 

संक्रमित महिलालाई घाटीमा समस्या देखिएपछि गत असार ११ गते देखि झापाको विभिन्न अस्पताल हुँदै काठमाडौंसम्म उपचारको लागि पुगेकी थिइन् ।पाटन अस्पतालमा उपचार गराउने क्रममा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको हो ।

 

समुदायमा कोरोना फैलने सक्ने आशंकाले गौरादहको चैतुचोक देखि दक्षिणमा कार्की चोक, पश्चिममा गौरीया खोलादेखी पूर्वमा गोल्छा चोक सम्मलाई तत्कालका लागि आवत जावतमा निषेध गरिएको छ भने गौरादह बजार पूर्णरूपमा बन्द गरिनुका साथै ओैषधी पसलदेखि बाहेक सम्पूर्ण सरकारी तथा निजी कार्यालयहरु अनिश्चितकालीन बन्द गरिएको नगरपालिकाले जनाएको छ ।