
गौरादह। झापाको गौरादह नगरपालिकाबाट पठाइएको ८७ जनाको स्वाब परीक्षणको रिपोर्ट आज आउँदै छ । गौरादहका ६ वटा क्वारेन्टाइन र होम क्वारेन्टाइनका गरी ८७ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ ।

स्वाब सङ्कलन गरिएकोमा ७१ जना पुरुष र १६ जना महिला छन् । स्वाव पठाइएकामा वडा नम्बर १ को जनता माथि क्वारेन्टाइनबाट १६ जना छन भने वडा नम्बर ७ को जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइनबाट १३ जना, वडा नम्बर ८ को प्रगति मावि क्वारेन्टाइनबाट ९ जना र वडा नम्बर ९ को अमर मावि क्वारेन्टाइनबाट २१ जना छन् ।



बाँकी जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र क्वारेन्टाइनमा खाना पकाउने रहेका नगरपालिककाको स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । सोमबार तेस्रो मुलुकबाट थप ११ जना आएसँगै गौरादहमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १३३ पुगेको पनि श्रेष्ठले जानकारी दिनुभएको छ ।
