सुनको भाउ आजफेरि ओरालो लाग्यो

काठमाडौं। नेपालको स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला १०० रूपैयाँले बढेको सुनको भाउ आज तोलामा ८०० रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रूपैयाँ कायम भएको बताएको छ। बुधबार  बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रूपैयाँ तोकिएको महासंघले जानकारी गराएको छ। सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले ओरालो लागेको दिन आज चाँदीको मूल्य पनि घटेको छ।