कार्यालय समयमा पशु सेवा विभागमा कर्मचारी जुवामा मस्त | OmkarTimes.com

काठमाडौ । कार्यालय समयमा सोमबार ललितपुरको हरिहरभवनमा रहेको पशु सेवा विभागका कर्मचारी जुवामा मस्त रहेको फेला परेको छ ।

 

बिज्ञापन

विभागमा कामको चाप एकातिर भए पनि कर्मचारीको एक हुल भने जुवामा मस्त थियो । सेवाग्राहीलाई समय दिन छाडेर कर्मचारीले तासको तीन पत्ति खेलीरहेका भेटिए ।