बिराटनगर मै रोकिए रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विराटनगरमा रोकिएका छन् । पार्टीको कामको सिलसिलामा विराटनगर पुगेका नेता पौडेल तुँवालोका कारण उडान हुन नसकेपछि उतै रोकिएका हुन् ।

पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा श्रद्धाञ्जली दिन काठमाडौँ फर्किन लागेका नेता पौडेल उडान प्रभावित भएपछि केन्द्रीय कार्यसमितिको बैठकमा समेत उपस्थित हुन सकेनन् ।

नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएका नेतन जोशीको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि आज नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसिरहेको छ ।

स्व. जोशीको पार्थिव शरीरलाई २ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।