संक्रमित सांसदका लागि संसद भवनअगाडि टेन्ट

काठमाडौँ : प्रतिनिधि सभा अधिवेशनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । बैठकअघि सांसद तथा संसदका कर्मचारी, सुरक्षाकर्मी तथा सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । जसमा दुई दर्जनभन्दा बढी सांसद संक्रमित पाइएका थिए ।

विश्वासको मत दिनका लागि संक्रमित सांसदहरुलाई संसद भवनमा छुट्टै व्यवस्था गरिएको छ । भवनबाहिर टेन्ट टाँगेर संक्रमित सांसदहरुलाई राखिएको छ । विश्वासको मत दिन संसद भवन पुगेकी नेकपा एमाले सांसद माया देवी ज्ञवालीले कोरोना महामारीले देश आक्रान्त भएको बेला एक जुट भएर लाग्नुपर्ने बेला यो तरिका ठीक नभएको प्रतिक्रिया दिएकी छन् । ‘बेला न कुबेला जनतालाई दुःख’ उनले भनिन्, ‘आफ्नो रिपोर्ट पोजेटिभ भएकाले दोस्रो दर्जाको नागरिक जस्तो भएको महसुस गरेको छु ।’

बिज्ञापन

संक्रमित सांसदहरुलाई ल्होत्से हलको दक्षिण पट्टी बस्न लागि ठाउँ छुट्टयाइएको छ । उनीहरुलाई मतदानको समय भएपछि ल्होत्से हलभित्र भोट हाल्ने व्यवस्था मिलाएको संसद सचिवालयले जनाएको छ । अन्य सांसदहरु भने संसदभित्र प्रवेश गरिरहेका छन् ।