
युरोपेली आयोगले सन् २०२७ को अन्त्य सम्म रुसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ ।

आयोगले मङ्गलवार गरेको यस्तो प्रस्तावलाई धेरैजसो सदस्य राष्ट्रहरूले अनुमोदन गर्ने अपेक्षा गरिएको छ । रुसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्पादन हुने वा निर्यात गरिने पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास प्रतिबन्ध गर्नुपर्ने प्रस्ताव इयुले अघि सारेको हो । यद्यपी हंगेरी र स्लोभाकियाले भने यसको विरोध गरिरहेका छन् ।



यसले २०२७ को अन्त्यसम्ममा रुसी तेल आयात पूर्ण रूपमा बन्द गर्न पनि आवश्यक छ । प्रस्तावमा जनवरी १, २०२६ देखि २०२७ को अन्त्य सम्म नयाँ सम्झौताहरू अन्तर्गत रुसी ग्यास आयातलाई पनि निषेध गरिएको छ ।

युरोपेली आयोगका अनुसार प्रस्तावित मुद्धामा अन्य सदस्य राष्ट्रहरुले समेत सहमत जनाउने छन र आधिकारीक रुपमा रुसी इन्धन प्रतिबन्ध गर्न सहज हुनेछ । यसैबीच, इयुको प्रस्ताबको स्पष्ट विरोध व्यक्त गरेका हंगेरीका विदेशमन्त्री पिटर सिज्जार्तोले सोमबार ऊर्जा नीति राष्ट्रिय सार्वभौमिकताको अंश भएको र प्रस्तावित योजनाले हंगेरीको सार्वभौमिकता र ऊर्जा सुरक्षालाई खतरामा पार्ने बताए ।