
काठमाडौं — त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया प्रतिस्पधा गरिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । काठमाडौं — त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया प्रतिस्पधा गरिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।
मलेसियाविरुद्ध आज नेपालले सोमपाल कामीलाई आराम दिँदै कमलसिंह ऐरीलाई मौका दिइएको छ ।
यसअघिनै फाइनलमा स्थान बनाएको नेपाल जितको लय कायम राख्ने योजनामा छ । यता मलेसिया नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।
यदि यस खेलमा मलेसिया पराजित भयो भने पपुवा न्युगिनी (पीएनजी) रन रेटका आधारमा फाइनलमा पुग्नेछ ।
लगातार तीन खेल जितेको नेपाल ६ अंक सहित शीर्षस्थानमा छ । मलेसिया र पपुवा न्युगिनीको दुई दुई अंक छ ।
नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले हराएको थियो ।
मलेसियाले भने पीएनजीलाई पहिलो खेलमा ८ रनले हराएको थियो । दोस्रो खेलमा मलेसिया पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । फाइनल खेल सोमबार हुनेछ ।
नेपालको प्लेइङ ११:
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।