
दमक — झापामा सवारी दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान ५ बजे अर्जुनधारा–६ स्थित सडक किनारमा पिकअप भ्यानले ठक्कर दिँदा दुर्गा माध्यमिक विद्यालय गरामनीमा कार्यरत ५३ वर्षीय शिक्षक कृष्णप्रसाद निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दमकले जनाएको छ ।
प्रदेश १–०१–००१–च ९१०७ नम्बरको पिकअपले ठक्कर दिँदा शिक्षक निरौलाको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, सोही पिकअपको ठक्करबाबाट बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेतीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
उप्रेतीको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
पिकअप चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।