
दमक । झापा छेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ५ जनाको दाबी रहेको छ । संघीय सांसाद एलपी साँबा, प्रदेशसभा सांसद तथा पुर्व कृषि मन्त्री हिराकुमार थापा, शिवसताक्षी नगरपालिकाका निर्वतमान मेयर चन्द्रकुमार शेर्मा, भोजकुमारी नेपाल र होम गौतमले उम्मेदवारी दावी गरेका छन् ।
५ जनाले प्रतिनिधि सभा निर्वाचनका लागि दाबी गरेसगै नाम सिफारिस गर्न विवाद उत्पन्न भएको छ । ” पार्टिमा खटेका , योगदान गरेका ,जनताको काममा लागेका थुप्रै कार्यकर्ता छन एउटैलाइ मात्र अवसरको माला लगाउने कुराले पार्टी कार्यकर्तालाई न्याय दिन सक्दैन । ” पुर्ब प्रदेश १ भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री हिरा कुमार थापाले फेसबुकमा स्टाटस लेख्नुभएको छ । पार्टिले सबैलाइ अवसर दिदै नया भिजन राख्ने , देश र जनताको हितको लागि डटिरहने व्यक्तिलाइ चिनेर सबै पक्षमा सबल व्यक्तिलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।
२०३६ काे अान्दाेलन देखी गरीब िकसान र श्रमिकका पक्षमा वकालत गरी अाउनु भएका थापा हाल पार्टिले दिएको जीम्बेवारी सम्हाल्दै आफू प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनका लागि सक्षम रहको बताउनु भएको छ ।
झापा छेत्र नम्बर ४ मा आर्थिक बिकासमा सबल रहेको र बिकास निर्माणका कामलाइ चुस्त र सम्पुर्ण क्षेत्र समेटी समाबेसीतालाइ प्रभाबकारी ढंगले कार्यमा असहजता नभएको जानकारी दिनुभयो । आगामी चुनाबका लागि उम्मेदवारी दाबी गर्नु भएको वहाले पार्टीले अनुशासीत, सक्षम, इमान्दार र कुनै पनि बिबाद नभएका ब्यक्तीकाे छनाैट गर्ने िबश्वास ब्यक्त गर्नु भएको छ । साथै ४ जना दाबेदरले पनि आफुले गरेको दाबी नछोड्ने बताउनु भएको छ । पार्टिले नितिगत रुपमा विश्लेषण गरि सक्षम व्यक्ति छ्नोट गर्ने बिश्वास रहेको बताउदै पार्टिको निर्णयमा कहिलै गलत नठ्म्याउने जनाउनु भएको छ ।