सिन्धुपाल्चोकको दनुवार गाउँमा पहिरो

लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ  ।

पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको  र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए ।

बिज्ञापन

पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए ।

उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तहलाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।