अनसनरत डा.केसीमा देखियो कडा खालको अल्सरको लक्षण

काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राखेर बिगत ९ दिनदेखि अनशनमा रहेका डा.गोविन्द केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी भएको छ ।

डा.केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काईट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

उनका अनुसार सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्‍यवस्था कडा पारिएको छ ।