११ कराेड ठगी गरेकाे  आरोपमा दुई जना पक्राउ

दमक / वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै  करोडाै रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  दुई जनालाई  पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबैला नगरपालिका–१२ का ४७ वर्षीय अरुणराज शर्मा छन् भने उनीहरूल माथि झन्डै ११ कराेड ठगी गरेकाे  आरोप छ। कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

थप अनुसन्धानकाे लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ताले जानकारी दिएका छन्।