करेन्ट लागेर किशोरीको मृत्यु

दमक / उदयपुरकी १७ वर्षीया किशोरीको  करेन्ट लागेर ज्यान गएको छ ।

बेलका नगरपालिका–५ की दुर्गा कार्कीलाई घर छेउमा रहेको कुखुराको फार्ममा काम गर्ने क्रममा आज बिहान करेन्ट लागेको र तत्काल उपचारका लागि बेलका नगर अस्पताल लगिएको भए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे छ ।