ग्याँस लिक भएर आगलागी हुँदा १५ लाखबढीको क्षति

दमक / कञ्चनपुरमा ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा १५ लाखबढीको क्षति भएको छ।

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा भएको आगलागीबाट १५ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ग्याँस लिक भएर आगलागी हुँदा घरमा भएको धनमाल, लुगाकपडा, फर्निचर जलेर नष्ट भएको कञ्चनपुरका प्रहरी प्रवक्ता ले जानकारी दिएका छन् ।

दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियाे भने आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।