खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

दमक / श्रीमतीलाई  गखुकुरी प्रहार गर्ने पाँचथरका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका– १२ छाते बस्ने ६० वर्षीय बुद्धिमान विश्वकर्मा रहेका छन् । हिजो दिउँसो १ः३० बजे ५० वर्षीया निर्मला विश्वकर्मा आफ्नै घरमा बसिरहेको अवस्थामा उनका श्रीमान बुद्धिमानले अचानक खुकुरी प्रहार गरेका थिए ।

निर्मलाको बायाँ हातको नाडी काटिएको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । खुकुरीसहित खुकुरी प्रहार गर्ने बुद्धिमानलाई अस्थायी प्रहरी चौकी नागिनले नियन्त्रणमा लिएको छ ।