
दमक / कचनकवल बैगुनवारिमा अन्नबाली संरक्षणका लागी हात्ती छेक्न लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ स्थित बैगुनवारि निवासी ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
घर नजिकैको बारीमा अन्नबाली हात्तीले क्षति नगरोस् भनी हात्ती छेक्न लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर आफ्नै बारीमा बाख्रा चराउन गएका खनालकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।