भारतमा फिल्म विश्वविद्यालय खुल्दै , मोदीले दिए भब्य पार्टी

एजेन्सी ।भारतले फिल्म विश्वविद्यालय खोल्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बेलुका बलिउडका चर्चित शीर्ष कलाकारहरूलाई डिनर भोज दिँदै फिल्म विश्वविद्यालय खोल्ने जानकारी दिएका हुन् ।

महात्मा गान्धीको १५० औं जन्मजयन्तीका अवसरमा मोदीको निवासमा सो कार्यक्रम आयोजना गरिएका थियो ।

बिज्ञापन

कार्यक्रममा बलिउडका चर्चित कलाकारहरू शाहरूख खान, आमिर खान, कंगना रनौत, ज्याकलिन फर्नान्डिस, अक्षयकुमार, अजय देवगण, निर्देशक इम्तियाज अली, करण जोहर, एकता कपुर, अनुराग बसु, बोनी कपुरसहितका बलिउडकर्मी सहभागी भएका थिए ।

अभिनेता शाहरूख खानले एक तस्वीर ट्वीट गर्दै फिल्ममार्फत महात्मा गान्धीको विचारलाई विश्वव्यापीकरण गर्नसमेत मोदीले बलिउड कलाकारलाई आग्रह गरेको जानकारी गराएका छन् ।

भारतीय कलाकारले फिल्म विश्वविद्यालयलबारे कुरा निकै महत्वपूर्ण कुरा भएको भन्दै सामाजिक सञ्जालनमा फोटो सेयर गरेका छन् । प्रधानमन्त्री मोदीसँग आमिर खान र शाहरूख खान पनि सँगै देखिएका छन् ।