सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार

सेयर बजार परिसूचक (नेप्से) आज २४.७६ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेर २६२८.९१ को बिन्दुमा झरेको हो ।  परिसूचक घटे पनि आज कारोबार रकममा भने उत्साह देखियो । आज ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ बराबरका २ करोड ९४ लाख कित्ता सेयर किनबेच भएको देखिन्छ

आज २४८ कम्पनीका रोहबरमा कुल ३१४ स्क्रिपको काराेबार भएको थियो । त्यसमध्ये २०१ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ४७ वटाको मात्र बढ्यो ।

बिज्ञापन

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ८५ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसपछि क्रमशः बुटवल पावर कम्पनीको ५८ करोड ९ लाख र शिवश्री हाइड्रोपावरको ४७ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

समग्र बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो कमाएका छन्। आज सबैभन्दा बढी कमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरले ९.९८ प्रतिशत कमाएको छ ।

यस्तै, मध्य भोटेकोशीको मूल्य ५.५५ प्रतिशतले बढेको छ । पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।  आजको कारोबारपछि सेयर बजारको कुल बजार पुँजीकरण ४३ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको छ। बजारमा आज सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ समूहमा २.४७ प्रतिशतले गिरावट आएको छ ।