
काठमाडौंको तारकेश्वर नगरपालिका–३ मा रहेको विद्याकुञ्ज इङ्लिस स्कुलको छत खस्दा ३८ जना विद्यार्थी घाइते भएका छन् ।बुधबार दिउँसो छत खस्दा सो संख्याका विद्यार्थी घाइते भएको बालाजुका प्रहरी सहायक निरीक्षक मुराहरी शिलवालले जानकारी दिए ।

‘विद्यार्थीको टाउको र मुखमा चोट लागेको छ,’ उनले भने, घटनाबारे अनुसन्धान भइरहेको छ । ’ उनका अनुसार घाइते विद्यार्थीको धापासीस्थित ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ ।
बिज्ञापन



शिलापत्रबाट।
