सान नेपाल
प्रदेश नं. १ कै नमुना कार्यक्रम मानिने सो महोत्सव यही मंसिर ८ देखि १६ गतेसम्म आयोजना हुने भएको छ भने यसका मुख्य आकर्षणको रूपमा भुवन गुरु रहनुहुने निस्चय भएको छ ।
युवा जोस र उत्साह भरिएका भुवन गुरु गौरादहमा आएर भव्य महोत्सवको एक हिस्सा बन्न आतुर रहेकोे बताउनु हुन्छ । ऐतिहासिक क्षेत्र गौरादह आएर आध्यात्मिक सांस्कृतिक महोत्सवको मुख्य भुमिकामा रहन पाउनुलाई वहाँ जीवन कै महत्वपूर्ण उपलब्धि भएको बताउनु हुन्छ ।
आफ्नो जन्म क्षेत्र कपिलवस्तु भएता पनि झापाको गौरादह संग भावनात्मक नाता रहेको वहाँ बताउनु हुन्छ ।
मुलुकका वर्तमान प्रधानमन्त्री के. पी. ओलीको चुनाव क्षेत्र भएकोले पनि गौरादहको वारेमा निकै चासो रहेको र यश क्षेत्रमा आध्यात्मिक परिवर्तन गर्नको लागि अति नै आवश्यकता रहेकोे वहाँको भनाइ रहेको छ ।
आध्यात्मिक परिवर्तन बाट मात्र समाजको परिवर्तन गर्न सकिने बताउने भुवन गुरु गौरादहमा आउने अवसर प्रदान गराउने आध्यात्मिक केन्द्र मानव धर्म सेवा समिति प्रती निकै आभारी रहेको बताउनु हुन्छ ।
भुवन गुरुको परिचय
२०४७ माघे संक्रान्ति जन्म कपिलवस्तु सरकारि विद्यालयमा प्रवेशिका परिक्षा उत्तिर्ण गरि वाल्मीकि विद्यापिठ , रिडि संस्कृत क्याम्पसमा संस्कृत व्याकरण र वेदको अध्ययन गरि भारतको अयोध्या र वृन्दावनमा सङ्गित र भागवत शास्त्र पुराणहरु अध्ययन गर्नुभएको छ ।
सन २००८ देखि निरन्तर रूपमा आध्यात्मिक सामाजिक संस्कृतिको विकासमा योगदान गरिरहनु भएको छ । वहाँको धारा प्रबाह वाचन क्षमताका कारण श्रोता तथा दर्शकहरु मन्त्र मुघ्द हुनु स्वाभाविक रहन्छ । शास्त्रीय , आधुनिक र लोकलयमा अब्बलता राख्नुहुने भुवन गुरुले मुलुक भित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि मातृभुमीको नाम रोशन गर्न सफलता प्राप्त गर्नु भएको छ । वहाँले हङकङ , बेल्जियम , नर्वे लगायतका मुलुकहरुमा पुगेर आध्यात्मिक कार्यक्रमहरु प्रस्तुत गर्नुभएको छ भने वहाँको आगामी कार्यक्रम अमेरिकामा हुने तय भएको पाइएको छ ।
वहाँले प्राप्त गर्नुभएको पुरस्कार मानपदवी तथा सम्मान
। विश्व आध्यात्मिक यात्राकै क्रममा रहेका बेला वहाँले विभिन्न सामाजिक आध्यात्मिक धार्मिक संघ संस्थाबाट वाणी भास्कर , व्यासाचार्य , सत् धर्मरक्षक लगायतका सम्मान तथा मानपदवी द्वारा सम्मानित हुनुभएको छ ।
वहाँ बिभुशित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यासाचार्य वाणिभास्कर श्री भुवन गुरु ज्यु नामद्वारा प्रख्यात पछिल्लो समयमा भुवन गुरु फाउन्डेसन का संस्थापक संरक्षक समेत हुनुहुन्छ ।
७ वर्षको उमेरमै मातापिताको काख देखि छुट्टीएर गुरुकुलको संस्कार आधारभुत संस्कृत भाषा अध्ययन गर्नुभएको वहाँको वाल्यावस्था निकै संघर्षपुर्ण र प्रगतिशील रहेकोे पाइन्छ । जसको फल स्वरुप वहाँले १७ वर्षको उमेरमा नै भागवत ग्रन्थलाई नेपाली समाजले बुझ्न सक्ने सरल तरिकाले सङ्गितमय भावमा लेख्न सुरु गर्नुभएको पाइन्छ ।
हरेक धर्म र सम्प्रदायमा आस्था राख्नेहरुले भुवन गुरुको मुक्तकण्ठले प्रसंसा गर्ने गरेका उदाहरणहरु प्रसस्तै भेटिन्छन् । आफ्नु विषेश अब्बलता सनातन ग्रन्थहरुमा रहेतापनी वहाँलाई बाइबल, त्रीपिटक तथा कुरान जस्ता फरक फरक आस्था र विश्वास बोकेका धर्म ग्रन्थमा पनि वहाँको गहिरो दक्खल रहेको पाइन्छ ।
‘कुनैपनी धर्म शास्त्रले ईश्वरिय तत्वलाइ सूक्ष्म रूपमा बुझाउन प्रयास गरिरहेको हुन्छ तर हामीले त्यसलाई व्यवहारिक जीवनमा उतार्न सकिरहेका हुदैनौं’, वहाँ भन्नुहुन्छ ।
प्रदेश नं. १ लाई पर्यटन गन्तब्यको रूपमा विकास गर्न के गर्नुपर्छ भन्ने हाम्रो जिज्ञासामा वहाँको भनाइ जस्ताको तस्तै:
सबैभन्दा पहिला त समुदाय यसमा निकै संवेदनशिल , अनुशासित , संस्कारी र नैतिकवान बन्न जरुर हुन्छ पर्यटनहरु केबल भौतिक संरचनामा मात्रै आकर्षित हुँदैनन त्यस समुदाय क्षेत्रको संस्कार र सभ्यताप्रती पनि निकै विश्लेषण गरिरहेका हुन्छन् त्यसकारण पर्यटनहरुको वृद्धि गर्नका लागि मुख्यतः स्थानीय कला , संस्कृति , प्राचीन पौराणिक सभ्यताको उजागर गर्न आवस्यकता हुन्छ अर्को कुरा पर्यटनहरुको प्रकृति अनुरुप संरचना र व्यवस्थापन गर्न निकै आवस्यक हुन्छ आध्यात्मिक सामाजिक संस्कृती धार्मिक लगायतका कस्ता खालका कुराहरुमा रुचि राख्छन उनीहरुको लागि त्यही किसिमको आवास वासको वातावरण बनाइदिनुपर्दछ तर हाम्रो देशमा त्यो व्यवस्थापन र सिस्टममा हामी सम्बन्धित निकायहरु कताकता चुकिरहेका छौं जस्तैः धार्मिक मठ मन्दिर र धामहरु परिसरमा मदिरा , पेय पदार्थको व्यापार र बधशाला निर्माण र बिक्रि बितरण हुनु , मुक्तिनाथ , जनकपुर , पशुपतिनाथ , जस्ता महा तिर्थमार्गमा शाकाहारी र सुद्द भोजनालय र आवास गृहको वयवस्था नहुनु जस्ता कारणले एकपटक आइसकेका धार्मिक आध्यात्मिक पर्यटनहरु खिन्न हुनु र पुनः आउने वातावरण बिग्रनु जस्ता कुराहरुले पर्यटन प्रबर्द्धनमा निकै नोक्सानी पुर्याउँछ त्यसकारण यसमा राज्य र संबंधित निकाय निकै चनाखो हुनुपर्दछ ।
गौरादहमा यति भव्य महोत्सव सञ्चालन हुने भएको छ । पर्यटन र संस्कृति र आध्यात्मिकताको दृस्ठिकोणले गौरादहमा कस्तो सम्भावना देख्नु हुन्छ ?
पौराणिक महत्त्व बोकेका तिर्थहरु र सम्भावित पर्यटकिय गन्तव्य स्थलहरु धेरै छन यिनिहरु सबैको आ आफ्नो महत्त्व छ र सबैलाई व्यवस्थित तरिकाले संचालन गर्नुपर्दछ हज्जारौं पवित्र तिर्थस्थलहरु मध्ये दूध भित्र नौनी लुकेर बसे जस्तै यस गौरादह पनि एउटा बेग्लै शास्त्रीय महत्व बोकेको तर नौनी जस्तै लुकेर रहेको मैले बुझे र मेरो मनमा यस्तो भाव प्रकट भयो कि अब गौरादहको महत्वलाई पनि बिश्वव्यापी बनाइ यहाँ आन्तरिक तथा वाह्य पर्यटनहरु भित्र्याइ झापाको गौरादहको बेग्लै पहिचान बनाउने र गौरादहको संस्कार संस्कृती पहिचान र सभ्यता अनि समाजलाई बिश्वसामु चिनाउने साथै विश्व आध्यात्मिक पर्यटन गन्तव्यको केन्द्रबिन्दुको रुपमा लैजानुपर्छ भन्ने भावबोध भएको कारणले गौरादह मेरो पहिलो पुर्वान्चल यात्राको गन्तव्य रोजाईमा पनि परेको हो ।