सान नेपाल
गौरादह कात्र्तिक २२
गौरादहमा आयोजना हुन गइरहेको आध्यात्मिक साँस्कृतिक पर्यटन महोत्सव २०७६ को शिलशिलामा शुक्रवार वृहत छलफलको आयोजना गरिएको छ । गौरादह ३ स्थित सामुदायिक भवन (अतिथि सदन) मा आयोजना गरिएको अनौपचारिक छलफल कार्यक्रममा गौरादह नगरपालिका भित्रका विभिन्न धार्मिक संघ सँस्था तथा मठ मन्दिरको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा आप्mना धारणा राख्दै महोत्सव मुल समारोह समितिका अध्यक्ष डा. तिलक खनालले कार्यक्रमको मोडालिटीको वारेमा प्रकाश पारेका थिए । करिव ३ विघा क्षेत्रफलमा निर्माण गरिने महोत्सव स्थलको वारेमा जानकारी गराउँदै खनालले महोत्सवमा रहने आकर्षण वारेमा समेत जानकारी गराएका थिए ।
विश्वकै चर्चित सक्तिपिठको रुपमा रहेको पाथिभरा देवीको मन्दिरको प्रतिरुप महोसव स्थलमा रहने, विश्वमै लोकपृय मानिएको मुक्ति क्षेत्र पाईने शालिग्राम भगवानको स्थापना गरि पुजा आराधना गरिने, पशुपतिनाथमा गरिने महाआरतीको आयोजना पशुपती क्षेत्र बाटै आएका पण्डितहरुबाट गराइने, गौशालाको स्थापना गरि राष्ट्रिय जनावार गाईलाई पुजा अर्चना तथा सम्मान अर्पण गरिने, १ करोड लक्षद्धिप प्रज्वलन गर्ने, विभिन्न भाषाभाषी, सँस्कृति तथा परम्पराको जगेर्ना गर्नको लागि महोत्वस्थलमा विभिन्न जातजातीका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने लगायतका लोकपृय कार्यक्रमहरु पस्कने तैयारी रहेको खनालले जानकारी गराए । कार्यक्रम अवधिभर सयौँको संख्यामा स्वयंसवेक परिचालन गरिने, कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न विशेष अतिथि सम्मान कक्ष ग्रिनहाउसको स्थापना गरिने लक्ष रहेको वताए । महोत्सव स्थलमा धार्मिक पुस्तक प्रदर्शनी, विभिन्न जातजातीका भेषभुषा प्रदर्शनी, स्थानिय घरेलु उत्पादनको प्रदर्शनी लगायतका स्टलहरु रहने र स्टल बुकिङ आइतवार बाट खुल्ला गरिने जानकारी गराए ।
महोत्सवको पुर्ण सफलताको शुभकामना दिदै महिला नेतृ तथा नगर महिला सञ्जालकी अध्यक्ष लिला कट्टेल कार्कीले महोत्सव आपैmँमा ऐतिहासिक रहेको वताउदै महोत्सवलाई सफल पार्नको लागि सवै तर्पmबाट साथ र सहयोगको आवश्यकता रहेको वताईन । गौरादह क्षेत्रमा आयोजना गरिन लागेको आध्यात्मिक साँस्कृतिक महोत्सव प्रदेश नं. १ कै नमुना कार्यक्रम भएको उल्लेख गर्दै उनले हरेक धार्मिक समारोहहरुमा महिलाको मात्र भुमिका रहने गरेकोमा यस पटक पुरुषहरु पनि सकृय भएर लाग्ने कुरामा आफु आशावादी रहेको वताईन् ।
नेकपा गौरादह नगर अध्यक्ष मित्रदेव काप्mलेले गौरादहमा आयोजना हुन गईरहेको आध्यात्मिक साँस्कृतिक पर्यटन महोत्सवको उद्देश्यले समाजलाई समृद्धि तर्पm लैजाने वताउदै यसलाई सफल पार्नु हरेक व्यक्तिको दायित्व भएको चर्चा गरे ।
नेपाली काँग्रेसका नेता अनिल कृष्ण प्रसाईले सवैलाई एकताको सुत्रमा वाँध्न सक्ने उद्देश्य तथा आकर्षणहरु संग्रह गरिएको यस महा उत्सवलाई सफल पार्नको लागि सवै क्षेत्रबाट साथ र सहयोगको आवश्यकता रहेको वताए ।
कार्यक्रममा गौरादह वाणिज्य संघ अध्यक्ष जीवन राईले महोत्सव ऐतिहासिक रहेको र यसले गौरादह क्षेत्रलाई विश्व सामु परिचित गराउन सामथ्र्य राख्ने उल्लेख गरे । ऐतिहासिक कार्यक्रम सफल पार्नु सवैको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष राईले वाणिज्य संघ सहआयोजक रहेकोले सम्पुर्ण उद्योगी व्यवसायीले यसको अपनत्व लिएको र महोत्सव भव्य रुपमा सफल हुने विश्वास व्यक्त गरे । महोत्सव मुल समारोह समिति अध्यक्ष डा. तिलक खनालको संयोजन र महासचिव क्रान्ती दिप काप्mलेले सञ्चालन गरेको कार्यक्रममा जेष्ठ नागरिक संघ नगर समिति अध्यक्ष तथा पुर्व क्याम्पस प्रमुख गोपाल काप्mले, नमुना अगे्रजी मा.वी. का सँस्थापक प्रिन्सिपल ध्रुव गौतम, जागरुक महिला समुह अध्यक्ष गंगा कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
छलफल कार्यक्रममा विभिन्न महिला समुह तथा महिला सन्जालहरुको समेत सहभागिता रहेको थियो ।
महोत्सव आगामी मंसिर ८ गते देखि मंसिर १६ गते सम्म सञ्चालन हुने जनाईएको छ ।