
सान नेपाल
गौरादह

कार्तिक २२
गौरादह वार्ड नं. १ स्थित पेट्रोल पम्प बाट बजार सम्म जाने सडक कालोपत्रे हुने भएको छ । गौरादह क्षेत्रमा नमूना सडककै रूपमा निर्माण हुने उक्त परियोजनाको डिपिआर सम्पन्न भइ ठेक्का टेन्डर समेत गरिएको वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले शुक्रवार नगरपालिका द्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । पत्रकार सम्मेलन आर्थिक वर्ष २०७६/०७७ को बार्षिक बजेटको जानकारी गराउने उद्देश्यले आयोजना गरिएको थियो । सो अवसरमा नगरप्रवक्ता समेत रहेका भण्डारीले नगर कार्यपालिका द्वारा पारित गरिएको बजेटको महत्त्वपूर्ण फिचरको बारेमा जानकारी गराएका थिए । प्रबक्ता भण्डारीका अनुसार यो पटकको बजेटले बसपार्क निर्माण, फोहोरमैला व्यवस्थापन, सडक कालोपत्रे लगायत दीर्घकालीन विकासका लागि खर्च गर्ने गरि निति तथा कार्यक्रम सहितको बजेट ल्याइएको बताए । पत्रकार सम्मेलनको अवसरमा ०७५/०७६ को नगर सभा बाट पारित गरिएका विभिन्न ६ ऐनहरुको बारेमा जानकारी गराइएको थियो । उपमेयर गिता भेट्वालले बजेटका महत्त्वपूर्ण अंशहरु बाचन गराएर सुनाएकी थिइन् ।
सो अवसरमा नगरप्रमुख रोहित कुमार साहले गौरादहमा बिकासका थुप्रै आयोजनाहरु शुरु गरेको र कतिपय आयोजनाले पुर्णता पाएको जिकिर गरे ।
बिज्ञापन



