काँग्रेस नेता बस्नेतले गरे चन्द्रनाथ आचार्यलाई ५१ हजार सहयोग

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक मेलम्ची–१० का चन्द्रनाथ आचार्यलाई ५१ हजार सहयोग गरेका छन् । फुटपाथमा व्यापारमा मकै बेच्दा नगर प्रहरीले केही दिनअघि आचार्यको ठेला र सामान जफत गरेको थियो ।

आइतबार पूर्वसञ्चारमन्त्री समेत रहेका नेता बस्नेतले आचार्यलाई भेटेर ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । सिन्धुपाल्चोक गृहजिल्ला भएका बस्नेतले फुटपाथमा व्यापार गर्नेलाई विकल्प नदिएर लखेट्ने काम राम्रो नभएको बताए ।